रातोपोस्ट संवाददाता
झापा, १३ माघ । सञ्चारकर्मी संचारकर्मी सुरज प्रधानलाई अर्जुनधारा जेसीजले स्थानीय पत्रकारिता पुरस्कार प्रदान गरेको छ । शुक्रबार भएको ११ औं पद हस्तनान्तरण तथा पुरस्कार बितरण कार्यक्रमका बिच पत्रकार तथा रेडियो साथीका स्टेशन म्यानेजर समेत रहेका प्रधानलाई जेसीजले स्थानीय पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा सञ्चारकर्मी भएको कार्यक्रममा अर्जुनधारा जेसीजका बर्ष सन् २०२३ का अध्यक्ष जेसी प्रेमकुमार खड्काले प्रधानलाई उक्त पुरस्कार हस्तनान्तरण गरेका थिए ।
सञ्चार कर्मको माध्यमबाट समाजमा योग्दान दिने संचारकर्मीहरुलाई प्रोत्सहान गर्न स्थानीय पत्रकारिता पुरस्कार बितरण गरिएको अर्जुनधारा जेसीज बर्ष सन् २०२४ का अध्यक्ष बसन्त बुढाथोकीले जानकारी दिए ।