News Portal

काँकरभिट्टाबाट शुरु भयो मिटरब्याजविरुद्धको ‘न्याय मार्च’

रातोपोस्ट संवाददाता
३०८ पटक

मेचीनगर, १६ माघ । पूर्वीनाकाबाट मिटरब्याज पिडितहरुले ‘न्याय मार्च’ शुरु गरेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको अगुवाईमा मंगलबारबाट पिडितहरुले मेचीको तिरबाट ‘न्याय मार्च’को शुरुवात गरेका हुन् ।

मिटरब्याज सम्बन्धी कानून संसोधन र आर्थिक तथा सामाजिक अपराधको रुपमा स्थापित मिटरब्याज छानविनका लागि शक्तिशाली उच्च आयोग गठनको प्रमुख माग राख्दै संघर्ष समितिले पूर्व मेची र पश्चिम महाकालीबाट एकैसाथ ‘न्याय मार्च’ शुरु गरेका हुन् ।

न्याय मार्चमा झापासहित सुनसरी, मोरङ, धनुषा, रौटहटलगायत जिल्लाका मिटरब्याजी पीडितहरू सोमबार नै पूर्वीनाकामा जम्मा भएका थिए । पूर्व र पश्चिमवाट पैदल यात्रासहित होमिएका पीडितहरू चितवनमा भेला भइ पुनः पैदलमार्फत काठमाडौं पुग्ने र त्यहाँ बृहत् सभा आयोजना गरिने जनाइएको छ । देशभर ५ लाखभन्दा बढी मिटरब्याज पीडितहरू रहेको र सवै आन्दोलनमा सहभागी भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्