News Portal

मेचीनगर १५ मा आगलागी, दुई घर जले

रातोपोस्ट संवाददाता
३०९ पटक

मेचीनगर, २७ माघ । झापाको मेचीनगर नगरपालिका वडा नं १५ स्थित दुई घरमा आगलागी हुँदा करिब ४ लाख बराबरको क्षति भएको छ । आज विहान १० : ४५ मा स्थानीय लिनमुणी चिस्कु र बड्का मुर्मुको घरमा आगलागी हुँदा घरका सरसामानसहित घर जलेर नष्ट भएको हो ।

मेचीनगर नगरपालिकाको दमकल र स्थानीयको सहभागितामा दिउँसो साँढे ११ बजे आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्