News Portal

१० औं महाधिवेशन लक्षित क्षेत्रीय वैठक काँकरभिट्टामा सम्पन्न

रातोपोस्ट संवाददाता
२०३ पटक

मेचीनगर, ७ फागुन । नेकपा (एकीकृत समाजवादी) को आसन्न १०औं महाधिवेशनलाई लक्षित गर्दै दुई महिने संगठन सुढृढिकरण अभियान सम्बन्धी कार्यक्रमहरु तिब्र गतिमा सञ्चालन भइरहेका छन् ।

जसअनुसार आइतबार काँकरभिट्टामा क्षेत्रीय वैठक सम्पन्न भएको छ । भाष्कर घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त वैठकले दुई महिने संगठन सुढृढिकरण अभियानलाई अझ तिब्र बनाई संगठन बिस्तार गर्ने निणर्य गरेको छ ।

यसैगरी झापा निर्वाचन क्षेत्र १ का प्रत्येक वडाका लागि केन्द्रिय नेतृत्व खटाएको छ । जसअनुसार मेचीनगर १ का लागि भाष्कर घिमिरे, २ का लागि ज्ञानेन्द्र ढुंगाना, ३ का लागि मेगेन्द्र थापा, ४ का लागि एन के कट्टेल, ५ का लागि हरी तिम्सिना, ६ का लागि शंकर थापा गर्दै नगरका १५ वटै वडा सँगै क्षेत्रका २१ वटै वडामा केन्द्रिय नेतृत्व खटाएको हो ।

यसैगरी महिला विभागमा बिमला देवकोटा, विद्यार्थीमा बिनम सरदार, युवामा उदय बराइली, खेलकुदमा शंकर थापा, पत्रकारितामा दिलिप थापालाई विभागको जिम्मेवारी दिइएको छ । यसैगरी संगठनलाई थप बलियो बनाउँदै संगठन बिस्तार केन्द्रित बनभोजको पनि आयोजना गर्ने निणर्य गरिएको छ ।

फागुन २७ गते मेचीनगरमै बनभोजको आयोजना गर्ने निणर्य भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्