News Portal

१० औं महाधिवेशन लक्षित क्षेत्रीय बैठक पृथ्वी नगरमामा सम्पन्न

रातोपोस्ट संवाददाता
१९५ पटक

झापा, ७ फागुन । नेकपा (एकीकृत समाजवादी) को आसन्न १०औं महाधिवेशनलाई लक्षित गर्दै दुई महिने संगठन सुढृढिकरण अभियान सम्बन्धी कार्यक्रमहरु तिब्र गतिमा सञ्चालन भइरहेका छन् ।

जसअनुसार साेमबार पृथ्वी नगरमा क्षेत्रीय वैठक सम्पन्न भएको छ । पदम लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त वैठकले दुई महिने संगठन सुढृढिकरण अभियानलाई अझ तिब्र बनाई संगठन बिस्तार गर्ने निणर्य गरेको छ ।

यसैगरी बैठकले संगठन सुढृढिकरण गर्दै निर्वाचन क्षेत्र ३ का भद्रपुर नगरपालिका, कचनकबल गाउँपालिका, हल्दिबारी र बाह्रदशी गाउँपालीकाकाे बैठक बस्ने निर्णय गरेकाे छ । बैठकले १० गते कचनकबल गाउँपालिका, १२ गते बाह्रदशी, १३ गते भद्रपुर नगरपालिका र १५ गते हल्दिबारी गाउँपालिकाकाे बैठक बस्ने निर्णय भएकाे जिल्ला अध्यक्ष वेदराज रेग्मीले जानकारी दिएका छन् ।

पार्टीका केन्द्रिय सदस्य चन्द्रा श्रेष्ठको प्रमुख आतिथ्यता रहेकाे वैठकमा झापा जिल्ला अध्यक्ष वेदराज रेग्मी, जेष्ठ कम्युनिष्ट मञ्च संयाेजक वेदनिधि निराैला, सल्लाहकार गंगा ओली र तारा रुचालले आफ्नो बिचार व्यक्त गरेका थिए । वैठककाे सञ्चालन ओमनाथ नेपालकाे रहेकाे थियो।

प्रतिकृया दिनुहोस्