News Portal

युवा संघ मेचीनगरको विवाद उत्कर्षमा

शपथ ग्रहण कार्यक्रमप्रति नगर इन्चार्जको गम्भीर आपत्ती

रातोपोस्ट संवाददाता
२१७ पटक

मेचीनगर, १० फागुन । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ मेचीनगरमा लामो समयदेखी रहेको विवाद फेरि उत्कर्षमा पुगेको छ । नगरका १५ वटा वडा मध्ये ८ वटा वडाका अध्यक्ष अनुपस्थित रहेको अवस्था र एउटा वडामा कायम रहेको कमिटी विवादलाई वास्ता नगरी युवा संघको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएपछि विवाद उत्कर्षमा पुगेको हो ।

मेचीनगर-१० धुलाबारीस्थित टाउनहलमा गत सोमबार शपथ ग्रहण कार्यक्रम आयोजना गरियो । तर, आयोजना कै बिच शपथ ग्रहण कार्यक्रम विवादमा पर्यो । कार्यक्रममा ८ वटा वडा सहभागी भएनन् भने एउटा वडाको कमिटी विवादमा छ । मेचीनगर १३ नं वडाको कमिटी विवादमा रहको जनाइएको छ । यसरी विवादका बिच पनि शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको र आफुहरुको भावनालाई कुल्चिएर पार्टीपङ्ती अघि बढेको भन्दै यस्तो कार्य कदापी स्वीकार्य नहुने राष्ट्रिय युवा संघ झापा जिल्ला सचिवालय सदस्य तथा नगर इन्चार्ज कृष्ण श्रेष्ठले बताए ।

‘मेचीनगरमा लामो समयपछि भएको यो नयाँ नेतृत्वले यहाँको युवा आन्दोलनलाई थप प्रभावकारी बनाउँछ भन्ने आशा थियो । तर, यो आशा सफल हुन सकेन । समस्त युवाहरुको भावनालाई लत्याएर केहि समुह र व्यक्ति केन्द्रित भएको महसुस भएको छ,’ उनले भनेका छन् ।

प्रतिकृया दिनुहोस्