News Portal

मेचीनगरको माग धान्न इलामबाट ल्याइँदैछ बिजुली, लाइन जाने समस्या अन्त्य होला ?

नवराज सुवेदी
२२५ पटक

मेचीनगर, १० फागुन । लोड नपुगेर बिजुली काट्नुपर्ने समस्यालाई लक्षित गर्दै इलामको फिक्कलबाट झापाको चारआलीसम्म बिजुली ल्याउने प्रक्रिया सम्पन्न भएको छ । यसअघि मेचीनगर क्षेत्रमा बिजुली धेरै खपत हुँदा लोड नपुगेर लाइन जाने समस्या हुन्थ्यो ।

उक्त समस्यालाई अन्त्य गर्न इलामको फिक्कलबाट चारआलीसम्म ३३ केभी प्रशारण लाइन ल्याइएको नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले जनाएको छ । ‘दुहबी, अनारमनीबाट आउने प्रशारण लाइनले नपुगेमा इलामबाट ल्याएर आपुर्ति गर्ने लक्ष्यका साथ यस अवधारणा ल्याइएको हो’, वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख ज्ञान काफ्ले भन्छन् ।

प्रतिकृया दिनुहोस्