News Portal

कचनकवलमा जंगली हात्तीले भत्कायो दुई वटा घर

रातोपोस्ट संवाददाता
१४० पटक

झापा, ११ फागुन । दक्षिणी झापाको कचनकवलमा जंगली हात्तीले फेरि दुईवटा घर भत्काएको छ । चारकोशे जलथल जंगलबाट निस्किएको ९ वटा हात्तीले शुक्रबार बिहान ३ बजे कचनकवल गाउँपालिका-१ स्थित कुटीमा दुई वटा घर भत्काएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हात्तीले कचनकवल- १ कुटीका मानसिंह राजवंशीको जस्ताले छाएको एक तले घरको टाटी बेरा भत्काई पूणर् रुपमा क्षति पुर्‍याएको छ । साथै घर भित्र राखिएको धान ६ मन, चामल २५ केजी गरी कुल ८६ हजार ६०० रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही ठाउँका हिरामनि हरिजन (माझी) को जस्ताले छाएको काठ र टिनको टाटी बेरा लगाएको घर भत्काई पूणर् रुपमा क्षति पुर्‍याएको छ । उनको घरमा राखेको धान ४ मन, चामल २ मन समेत हात्तीले खाँदा कुल ३६ हजार बराबरको क्षति भएको छ । जलथल जंगलबाट निस्किने हात्तीले सो क्षेत्रमा दिनहुँ जसो क्षति पुर्‍याउँदा स्थानीय त्रसित बनेका छन् ।

प्रतिकृया दिनुहोस्