News Portal

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

रातोपोस्ट संवाददाता
९४ पटक

झापा, १३ फागुन । झापामा मोटरसाइकल दुर्घटनामा हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका- ९ कालीस्थानका ५५ वर्षीय खेम बराल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

प्रहरीका अनुसार शनिबार राती करिब ८ बजेको समयमा अर्जुनधारा- ९ चिया बगानस्थित भित्री सडकमा शनिश्चरेबाट कालीस्थानतर्फ जाँदै गरेको प्र-१-०१-०१५ प ९८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका चालक बराललाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो । उनको उपचारको क्रममा आइतबार दिउँसो करिब ४ बजे मृत्यु भएको प्रहरी निरीक्षक गिरीले बताए । मोटरसाइकल प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्