News Portal

आज बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन, अध्यक्षमा कसले मार्ला बाजी ?

रातोपोस्ट संवाददाता
१४५ पटक

झापा, १४ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान हुदैछ । निर्वाचन समितिले जनाए अनुसार विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म निर्वाचनमा मतदान गर्न पाइनेछ । मतदानका लागि अतिथी सदनमा व्यवस्थापन मिलाइएको छ ।

मतदान गर्न मतदाताहरुलाई संघले जारी गरेको परिचय–पत्रका साथमा नेपाल सरकारद्वारा जारी गरेको फोटो सहितको परिचय खुल्ने कुनै कागजात ल्याउनुपर्नेछ । कारणबस संघले जारी गरेको परिचय पत्र नभएमा स्थायी लेखा नम्वर (पान नं.) अनिवार्य गरिएको निर्वाचन समितिले जनाएको छ ।

संघमा ५ हजार ६ सय ६१ जनाले मतदान गर्न पाउने छन् । आज हुने निर्वाचनमा अर्जुन मैनाली नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानल र राजु न्यौपाने नेतृत्वको लोकतान्त्रिक व्यवसायिक प्यानल चुनावी प्रतिष्पर्धामा छन् । मैनाली नेतृत्वको स्वतन्त्र प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), वाणिज्य उपाध्यक्षमा गंगा मैनाली, उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै, उद्योग सचिवमा विसन लिम्बू, वाणिज्य सचिवमा कृष्ण चापागाँई, कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा कर्ण सोनीले उम्मेदवारी दर्ता गरेका छन् । खुला सदस्यहरुमा शत्रुघन रौनियार, कृष्ण बजगाँईं, केदार खनाल, सोहनलाल राजवंशी, राकेशकुमार सिंह, रीता चौधरी, अमिर खान, महिला सदस्यमा चन्द्रा भट्टराई र सुष्मा उप्रेतीको उम्मेदवारी रहेको छ ।

न्यौपानले नेतृत्व गरेको लोकतान्त्रिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल र महासचिव पदमा कुशल खतिवडाले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै, उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार साह, कोषाध्यक्षमा दीपक मित्तल र सहकोषाध्यक्षमा तिलोत्तमा खत्री छन् ।

त्यस्तै खुला सदस्यमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, डिल्लीराम कोइराला, अरुण जैन, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशीला बस्नेत, निशा साह गुप्ताले उम्मेदवारी दिएका छन् । युवा व्यवसायी समिल राईले खुला सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षा निकायले आवश्यक व्यवस्था मिलाएको छ । मतदान हुने स्थल वरपर सवारी साधन निषेध गरिएको छ ।

प्रतिकृया दिनुहोस्