झापा, १४ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघमा ४ हजार ९४ मत खसेको छ । आज बिहान साढे ८ बजेबाट सुरु भएको मतदानमा ४ हजार ९५ जनाले मत खसालेका हुन् । बेलुकी ५ बजेसम्म मत खसाल्न मतदान स्थलमा प्रवेश गर्न दिइएको थियो । संघको मतदाता सङ्ख्या ५ हजार ६ सय ७३ रहेको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघमा धेरै वर्षपछि निर्वाचनमा यस किसिमको चाम देखिएको हो । मतदाताहरूले संसदीय निर्वाचन कै झल्को आएको प्रतिक्रिया दिएका छन् । वाणिज्य संघको निर्वाचनमा व्यवसायीभन्दा धेरै नेता हाबी भएपछि निर्वाचनको माहौल बढेको हो । अधिकांशले नेपाली काँग्रेसको उम्मेदवारको तुलनामा पहिलो पटक बलियो विपक्षी उम्मेदवार उठेका कारण निर्वाचनको चाम बढेको बताइएको छ ।
आगामी कार्यकालको लागि वाणिज्य संघमा स्वतन्त्र व्यावसायिक प्यानलको नेतृत्व अर्जुनकुमार मैनाली र लोकतान्त्रिक प्यानलको नेतृत्व राजु न्यौपानेले गरेका छन् ।