News Portal

प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने पक्राउ

रातोपोस्ट संवाददाता
१४३ पटक

काठमाडौँ, १५ फागुन । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले मंगलबार पक्राउ गरेको हो।

उनी तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा सीईओ हुँदा कर्जा रकम लगानी गर्ने बेलामा हिनामिना गरेको आरोपमा पक्राउ परेको प्रहरी स्रोतले बताएको छ।

सेन्चुरी बैंक पछि प्रभु बैंकसँग मर्ज भएको थियो। मर्जरपछि बनेको प्रभु बैंकमा हाल उनी वरिष्ठ डेपुटी सीई‌ओका रुपमा कार्यरत छन्।

तत्कालीन सेन्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुअघि उनले सेन्चुरीमा ९ महिना कार्यवाहक सीईओको भूमिका निर्वाह गरेका थिए। दुुई बैंक मर्जरपछि उनी २०७९ पुस २६ मा प्रभु बैंकको वरिष्ठ डेपुटी सीईओ बनेका थिए।

प्रतिकृया दिनुहोस्