News Portal

बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने विजयी

रातोपोस्ट संवाददाता
१२४ पटक

झापा, १६ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने विजयी भएका छन् । मतगणनाको अन्तिम मत परिणाम अनुसार न्यौपानेले २ हजार २ सय २५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् ।

उनका प्रतिस्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १ हजार ५ सय २० मत पाएका छन् । जुन ७ सय ५ मतको अन्तर हो । बहुमतसहित लोकतान्त्रिक प्यानल विजयी भएको हो भने केही पदमा स्वतन्त्र प्यानलका उम्मेदवारहरूले विजयी हासिल गरेका छन् ।

१९ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष , जनसम्पर्क उपाध्यक्ष , कोषाध्यक्ष , तीन खुल्ला सदस्य र एक महिला सदस्यबाहेक बाँकी १२ पदमा लोकतान्त्रिक प्यानलले वर्चस्व कायम गरेको हो ।

प्रतिकृया दिनुहोस्