News Portal

काँकडभिट्टामा सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट ६ जना स्थानीय गम्भीर घाइते

रातोपोस्ट संवाददाता
१६१ पटक

झापा, १८ फागुन । सशस्त्र प्रहरीले काँकाडभिट्टामा स्थानीयालाई खुकुरी प्रहार गरेको छ । सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा ६ जना स्थानीय घाइते बनाएका छन् । उनीहरू सख्त घाइते भएका हुन् ।

काँकडभिट्टाको गैरीगाउँमा तस्करी नियन्त्रणको लागि भनेर आएको सशस्त्र प्रहरी र स्थानीयबीच भनाभन हुँदा सशस्त्र प्रहरीका कोट मास्टर र ड्राइभरले खुकुरी निकालेर हानेको स्थानीयले बताए । खुकुरी प्रहारबाट दीपा बातरको हातको औला काटिएको छ । हरि बातरको छातीमा गहिरो चोट लागेको छ ।

विषेश राजबंशीको हात कटिएको छ । स्थानीय मिलन चापागाईंको हात काटिएको बताइएको छ । दीपक बातर र आनह यादवलाई जीउमा चोट लागेको छ । घाइतेको उपचारको लागि बीएण्डीसी अस्पताल लगिएको जानकारी प्राप्त भएको छ । काँकडभिट्टा क्षेत्रमा विगतदेखि नै सशस्त्र प्रहरीले आतंक मच्चाउँदै आएको छ । कहिले तस्करले लाइन नदिएको भन्दै कुटपिट गर्दै आएको छ भने कहिले आफ्नै कर्मचारी माथि हातपात गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्