News Portal

अविलम्ब छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न युवा संघको माग

नवराज सुवेदी
१४८ पटक

झापा, २० फागुन । झापाको काँकरभिट्टामा सशस्त्र प्रहरीद्वारा स्थानीय ६ जना सर्वसाधारण माथि भएको खुकुरी प्रहार प्रति नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघ नेपाल झापा जिल्ला कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै जिल्ला कमिटिले समाजमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउ-धनको रक्षाका निम्ति राज्यद्वारा खटाइएका अधिकारीद्वारा सर्वसाधारण माथि ज्यानै जान सक्ने गरि भएको अन्थाधुन्द खुकुरी प्रहार प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

‘अन्धाधुन्ध खुकुरी प्रहारले विधिको शासनप्रति नागरिकमा अबिश्वास पैदा हुनुको साथै डरत्रास र भयको वातावरण सृजना हुने खतरा रहेकाले उक्त घट्नाको अविलम्ब छानवीन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी माथि कारवाही गरी कानूनी राज्यको प्रत्याभूती पुनसर््थापित गर्न सम्पूणर् सरोकारवाला निकाय समक्ष युवा संघ नेपाल झापा जिल्ला कमिटी जोडदार माग गर्दछ’, जिल्ला कमिटीका अध्यक्ष सुनिल थापा र सचिव प्रतिक राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

साथै घाइते बिरामीहरुको उपचारमा कुनै कमि हुन नदिन र उनीहरुले पाएको शारिरिक तथा मानसिक यातनाको उचित क्षतीपुर्ति दिलाइ न्याय गर्न पनि युवा संघले भनेको छ ।
शुक्रबार साँझ काँकरभिट्टा दक्षिण भान्सा खोलामा सशस्त्र प्रहरीले ज्यानै जान सक्ने गरी स्थानीय माथि क्रुर रुपमा खुकुरी प्रहार गरेका थिए । जसको सर्वत्र आलोचना भइरहेको छ भने प्रहरीले दिने सुरक्षाप्रति नै गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।

प्रतिकृया दिनुहोस्