News Portal

‘पुरै गाउँ नै आतंकित बन्ने गरी निहत्था नागरिकमाथि आक्रमण हुनु दुखद्’ सांसद शर्मा

रातोपोस्ट संवाददाता
१२९ पटक

झापा, २० फागुन । झापाको मेचिनगर ७ स्थित भान्साखोलामा भएको घटनालाई गम्भीरतापूर्वक लिँदै नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन् ।

नेपाली काँग्रेस भोजपुरको जिल्ला सम्मेलनमा भाग लिन शुक्रबार साँझ भोजपुर पुगेका शर्माले भोजपुरबाटै शनिबार बिहान गृहमन्त्री श्रेष्ठ र सशस्त्र प्रहरी महानिरीक्षक श्री राजु अर्याललाई टेलिफोन मार्फत ध्यानाकर्षण गराएका हुन् । सांसद शर्माले गृहमन्त्री श्रेष्ठसंग टेलिफोनमा कुरा गर्दै घटनामा जो घाइते भएका छन उनीहरुको आवस्यक सम्पूणर् उपचारको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका हुन् । त्यस्तै सिमा क्षेत्रमा कुनैपनि प्रकृतिको अव्यवस्था या बेथितिका घटना भएका छन भने त्यसलाई नियन्त्रण गर्न राज्यप्रशासन तदारुक हुनुपर्ने र त्यसमा नागरिकको सहयोग रहनु पर्ने शर्माको जिकिर छ ।

यस्तो छ ध्यानाकर्षण पत्र

प्रतिकृया दिनुहोस्