News Portal

प्रचण्ड, ओली र रवि शीतलनिवास जाँदै

रातोपोस्ट संवाददाता
८८ पटक

काठमाडौं, २१ फागुन । सत्ता सहयात्री परिवर्तन गरी मन्त्रिपरिषद् पुनःगठन गर्न लागेका प्रधानमन्त्री पुष्कपमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न राष्ट्र्रपति भवन शीतलनिवास जाने तयारीमा रहेका छन् ।

प्रचण्ड नयाँ सत्ता सहयात्री एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेलाई साथमा लिएर शीतलनिवास जान लागेका हुन् । आजै सानो आकारको मन्त्रिपरिषद् पुनःगठन हुने र कांग्रेस सरकारबाट बाहिरिने तयारी छ ।

प्रतिकृया दिनुहोस्