News Portal

मेचीनगरका साँढे ११ हजार बढी बालबालिकाले लगाए दादुरा-रुबेला विरुद्धको खोप

नवराज सुवेदी
८९ पटक

मेचीनगर, २२ फागुन । झापाको मेचीनगर नगरपालिकाका साँढे ११ हजार बढी बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइएको छ । आइतबारबाट शुरु भएको खोप अभियान अन्तर्गत आइतबार र सोमबार (हिजो) गरी ११ हजार ५ सय ७३ बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइएको नगरको स्वास्थ्य शाखाले जानकारी दिएको हो ।

स्वास्थ्य शाखाका अनुसार ९ महिनादेखि ५ बर्षसम्मका २ हजार ८८ र ५ बर्षदेखि १५ बर्षसम्मका ९ हजार ४ सय ९५ बालबालिकाले खोप लगाएका हुन् । नगरका १५ वटै वडामा यतिबेला अभियानकै रुपमा खोप दिइरहिएको छ ।

नगरभर ३३ हजार बालबालिकालाई खोप दिने लक्ष्यका साथ विभिन्न स्थानमा खोप केन्द्र तोकेर खोप अभियान संचालन भइरहेको छ ।

प्रतिकृया दिनुहोस्