News Portal

एमालेले टुंग्यायो सरकारमा जाने मन्त्रीको नाम

रातोपोस्ट संवाददाता
१८५ पटक

काठमाडौं, २३ फागुन । नेकपा एमालेले सरकारमा जाने मन्त्रीहरुको जिम्मेवारी टुङ्ग्याएको छ । एमालेले राजेन्द्रकुमार राईलाई भूमि व्यवस्था तथा सहकारीमन्त्री, पदम गिरीलाई कानुनमन्त्री, भगवती चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी दिने भएको हो ।

त्यसैगरी, बलराम अधिकारीलाई, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउनेबारे छलफल भइरहेको छ । एमालेले दामोदर भण्डारीलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र हरि उप्रेतीलाई रक्षा मन्त्रालयको जिम्मा दिने भएको छ भने ज्वालाकुमारी साह कृषिमन्त्री बन्ने भएकी छिन् ।

यसअघि एमालेले रघुवीर महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री बनाउने निर्णय गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्