News Portal

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सम्पन्न

रातोपोस्ट संवाददाता
६४ पटक

काठमाडौँ,२३ फागुन । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सम्पन्न भएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा सम्पन्न सचिवालय बैठकले नयाँ सत्ता समिकरणमा सहभागि हुने वा नहुने भन्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई जिम्मा दिएको छ।

पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकबारे जानकारी दिदै भने, ‘प्रधानमन्त्रीले नयाँ समिकरणको आरम्भ गरेपछि हाम्रो पार्टीसँग नयाँ समिकरणमा सरकारको गठन र सञ्चालन तथा नीति/कार्यक्रममा नेकपा एकीकृत समाजवादीको समान सहभागीता र भूमिका रहने प्रस्ताव गर्नु भएको सन्दर्भमा बैठकमा छलफल भएको छ।’

उनले भने, ‘उक्त प्रस्तावलाई सकारात्मकरुपले लिँदै प्रधानमन्त्रीसँग निम्न विषयमा छलफल गरेपछि आवश्यक निर्णय गरिने छ। आर्थिक सङ्कटको समाधान गर्दै उत्पादनको बृद्धि र रोजगारीको सिर्जना गर्न, राष्ट्रियहितको रक्षा गर्न, भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना, महँगी नियन्त्रणलगायत जनताको समस्याहरुको समाधान र सन्तुलित परराष्ट्र सम्बन्ध राख्नेबारे नयाँ सत्ता समिकरणले के धारणा दिन्छ ? यसका आधारमा निर्णय गर्न अध्यक्ष माधव नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिएका छौं।’

प्रतिकृया दिनुहोस्