News Portal

कृष्णबहादुर महरा पक्राउ

रातोपोस्ट संवाददाता
५९ पटक

काठमाडौं, ५ चैत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको हो। प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरका अनुसार आज बिहान उनलाई पक्राउ गरेर काठमाडौं ल्याइँदैछ ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो। उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिकृया दिनुहोस्