News Portal

इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

रातोपोस्ट संवाददाता
६६ पटक

काठमाडौं, ११ चैत । नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको वैशाख १५ गते हुने उपचुनावमा सुहाङलाई अघि सार्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र खाली थियो । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् । पेशाले अधिवक्ता सुहाङले पछिल्लो समय इलाममा राजनीति गतिविधिसँगै भेटघाट र अन्तरक्रिया बढाएका छन् ।

प्रतिकृया दिनुहोस्