News Portal

बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

रातोपोस्ट संवाददाता
८१ पटक

काठमाडौं, १२ चैत । दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चबाट आदेश भएको छ। सोमबार सर्वोच्च अदालतको संयुक्त इजलासबाट तीन वटा रिटमाथि एकैपटक फैसला भएको हो।

न्यायाधीशद्वय शारंगा सुवेदी र कुमार चुडालको इजलासले प्रसाइँले दायर गरेको दुई वटा रिट जारी हुने फैसला गरेको छ। शशी विक्रम कार्कीले उक्त मेडिकल कलेजका तर्फबाट सञ्चालक प्रसाइँलाई विपक्षी बनाइ दर्ता गराएको निवेदनमाथि भने कानूनबमोजिम गर्न आदेश भएको सर्वोच्चले जनाएको छ।

यसअघि काठमाडौं विश्वविद्यालयले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस गरे पनि चिकित्सा शिक्षा आयोगले दिएको थिएन। मेडिकल शिक्षा अध्यापनका लागि सरकारले प्रारम्भिक अनुमति (एलओसी) दिएको थियो। जसपछि त्यसैअनुसार विभिन्न बैंकहरुबाट अर्बौँको ऋण लिएर उनले संरचना बनाइसकेका छन्। तर आयोगबाट अनुमति नपाएपछि उनी सर्वोच्च पुगेका थिए।

२ जेठ २०७८ मा केयुले अनुमतिका लागि सिफारिस गरेको थियो। तर कलेजले अनुमति नपाएपछि २१ असार २०७७ मा प्रसाइँले विश्वविद्यालय, आयोगसमेतलाई विपक्षी बनाइ रिट दायर गराएका थिए।

प्रतिकृया दिनुहोस्