News Portal

झापामा जिससका पूर्व प्रमुख पोर्तेलमाथि जातीय विभेद

रातोपोस्ट संवाददाता
६५ पटक

झापा, २८ चैत । जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले आफूमाथि जातीय भेदभाव र दुर्व्यवहार भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गराएका छन् । उनी नेकपा एमालेका प्रदेशस्तरीय नेता समेत हुन् ।

पोर्तेललाई हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्वर गिरीले चैत १८ गते फोन गरेर पार्टीको बैठकका विषयमा चासो राखेका थिए । त्यसक्रममा उनले पोर्तेलमाथि जातीय भेदभावजन्य शब्दहरू प्रयोग गरेर दुर्व्यवहार र अपमान गरेका हुन् ।

पोर्तेलले जातकै कारण आफूमाथि विभेदजन्य शब्दहरु प्रयोग गरेर अपमान र दुर्व्यवहार गरिएको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुधबार जाहेरी दर्ता गराएका छन् ।

पोर्तलका अनुसार गिरीले एमाले झापाको हालै सम्पन्न अधिवेशनका विषयमा सोध्दै फोन ग रेका थिए । ‘उहाको फोन आयो । मैले उठाएँ,’ पोर्तेलले फोनमा भएको कुराकानीबारे भने, ‘त्यसपछि बैठकमा नेताहरूले के–के विषयमा कुरा गरे भन्ने जिज्ञासा थियो । तर मैले पार्टीको बैठकमा भएको सबै कुरा तपाईलाई भन्न मिल्दैन भन्ने जवाफ दिएँ । त्यही विषयलाई लिएर उहाँ गालीगलौजमा उत्रिनुभयो । विभेदजन्य शब्दहरु लिएर अपमान र दुर्व्यवहार गर्नुभयो ।’

पोर्तेलले टेलिफोनको अडियोसमेत संलग्न राखेर प्रहरीमा जाहेरी दिएका छन् । २०७४ मा एमालेवाट पालिका उपाध्यक्ष बनेका गिरी, २०७९ मा सोही पालिकाको अध्यक्षमा बागी उम्मेदवार बनेका थिए । उनी केही समय अघि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए । अहिले भने उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध छन् ।
जनताको राय

प्रतिकृया दिनुहोस्