News Portal

विर्तामोडमा नृत्य प्रतियोगिताकाे अडिसन राउन्ड सम्पन्न, फाइनल बैशाख २२ गते हुने

रातोपोस्ट संवाददाता
९३ पटक

झापा, १५ बैशाख । विर्तामोडमा शनिबार योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल) झापाको छैटौ जिल्ला भेलाको अवसरमा जिल्ला स्थरिय खुल्ला एकल नृत्य प्रतियोगिताको अडिसन राउन्ड सम्पन्न भएको छ । शनिवार विर्तामोडमा भएकाे अडिसन राउनमा जिल्ला भरका ३९ जना प्रतियाेगिहरु बीच प्रतिष्पर्धा भएको थियाे ।

३९ जना प्रतियाेगिहरु मध्ये सन्ताेषी राजवंशी (शिवसतासी), राजेश बस्नेत ( कन्काइ), सन्जिता लिम्बू ( दमक), करन गदाईली ( शिवसतासी) र असरप खान (कन्काइ) गरि उत्कृष्ट ५ जना फाइनल राउन्डको लागि छनौट भएको वाइसियलका झापा जिल्ला अध्यक्ष राजु दर्नालले बताए ।

अडिसनबाट छनौट भएका प्रतियाेगिले फाइनल राउन्डमा प्रतिष्पर्धा गर्नु पर्नेछ । फाइनल राउन्ड यही बैशाख २२ गते वाइसीएलकाे जिल्ला भेलाकाे दिन विर्तामोड सिटी सेन्टरमा हुने अध्यक्ष दर्नालले जानकारी दिए । नृत्य विधाको फाइनल राउन्डबाट पहिलो स्थान प्राप्त गर्नेले २० हजार र मेडल प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो स्थान प्राप्त गर्नेले १५ हजार र मेडल प्राप्त गर्नेछन् भने तेस्रो स्थान हुनेले १० हजार र चाैथाे स्थान हुनेले ५ हजार र मेडल प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्