News Portal

मतदाताका घरघरमा बुढाथोकी नेतृत्वको टिमः उपभोक्ताको अपेक्षा अनुरुप काम गर्ने प्रतिवद्धता

रातोपोस्ट संवाददाता
२८९ पटक

झापा, १७ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन नजिकिएसँगै लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरु यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । मतदाताको घरदैलोमा पुग्दै गर्दा आम मतदाताबाट उत्साहजनक प्रतिक्रिया पाएको समेत उनीहरुले बताएका छन् । घरदैलोमा पुगेका उम्मेद्वारहरूलाई विजयीको अग्रिम शुभकामना दिँदै ढुक्क भएर भोट दिने मतदाताहरूले प्रतिबद्धता समेत जनाएका छन् ।

अभियान अन्तर्गत बिहिबार उमेद्वारहरु मेचीनगर- ५ को विभिन्न क्षेत्रमा पुगेका छन् । तामाङ गाउँ, बगान, नकलबन्दा लगायतका क्षेत्रमा उमेद्वारहरु व्यस्त छन् । अध्यक्ष पदका उमेद्वार रोहित बुढाथोकीको नेतृत्वमा उपाध्यक्ष उम्मेदवार राजु दाहाल, सचिव विशाल तामाङ, कोषाध्यक्ष बिमला देवकोटा, सदस्यहरु पवित्रा तिवारी, सिता कार्की, इन्द्र प्रधान, केदारजंग भट्टराई, पूर्ण बहादुर लिम्बु, लेखा समिति संयोजक किशोर भण्डारी, सदस्य विकास राउत र रिता घिमिरे घरदैलो अभियानमा छन् ।

उमेद्वारहरुलाई साथ र हौषलाका लागि विभिन्न पार्टीका जिम्मेवार नेताहरुले पनि अभियानमा सहभागिता जनाएका छन् । अभियान संचालन भएको बिहिबार पाँचौ दिन हो । अहिलेसम्म मेचीनगर ५, ६, ७, ८ लगायतका क्षेत्रमा अभियान संचालन भइसकेको छ भने बाँकी क्षेत्रमा उमेद्वारहरु पुग्ने क्रम जारी छ ।

अध्यक्षका पदका उम्मेदवार बुढाथोकी सामाजिक क्षेत्रमा निकै सकृिय रहेका छन् । उनी रोटरी क्लब अफ काँकरभिट्टाका पूर्व अध्यक्ष, काँकरभिट्टा खानेपानी संस्थाका सदस्य, मेची अञ्चल ट्रक व्यवसायी संघमा २ कार्यकाल सचिव र अध्यक्ष भएका छन् । अहिले पनि लोकतान्त्रिक यातायात व्यवसायी महासंघ केन्द्रीय सदस्य पदमा रहेर उनले जिम्मेवारी निभाइरहेका छन् । २०५० सालदेखि नेपाली कांग्रेस पार्टीमा आबद्ध उनी पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेका छन् ।

घरदैलो अभियानमा खानेपानी उपभोक्ताका अध्यक्षका उम्मेदवार बुढाथोकीले भने हरेक उपभोक्ताहरुका घरघरमा सहज र स्वच्छ खानेपानी वितरण गर्ने मेरो लक्ष्य रहेको बताउँदै सम्पुर्ण उपभोक्ताहरुलाई एक चोटि लोकतान्त्रिक प्रगतिशील साझा प्यानल उम्मेदवारलाई जिताउन आग्रह गरे । खानेपानी उपभोक्त समितिका उपाध्यक्ष राजु दाहालले खानेपानी संस्थालाई सहज बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै मत दिएर जिताउन सबै उपभोक्ताहरुलाई आग्रह गरेका छन् । त्यसैगरी, सचिव पदका उम्मेदवारी तामाङले पनि घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । घरदैलो कार्यक्रममा लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरु उत्साहजनक सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्