News Portal

काँकरभिट्टा खानेपानीको मतगणना सुरू

रातोपोस्ट संवाददाता
१८६ पटक

झापा, २७ जेठ । काँकरभिट्टा खानेपानी उपभाेक्ता संस्थाकाे मतगणना सुरू भएकाे छ । अहिले मतपत्र छुट्याएर गणनाकाे लागि तयार पार्ने काम सुरू भएकाे निर्वाचन समितिका संयाेजक राजु कार्कीले बताए । उनका अनुसार ६ ठाउँमा मतगणना गरिनेछ । आज राति १० बजे सम्ममा परिणाम आउने सक्ने गरी गणना गरिने कार्कीले जानकारी दिए ।

हिजाे भएको मतदानमा ४ हजार ९ सय २० मत खसेको छ । ६ हजार ६ सय ७४ जना मतदाता रहेको खानेपानी संस्थाको मतदानमा ७३.७१ प्रतिशत मतदान भएको छ ।

काँकरभिट्टा खानेपानीको अध्यक्षका लागि नेपाली काँग्रेसका रोहितकुमार बुढाथोकी, नेकपा एमालेका सन्तोस आचार्य र रास्वपाकाे समर्थनमा सुदर्शन खड्काबीच प्रतिस्पर्धा रहेको छ ।

प्रतिकृया दिनुहोस्