News Portal

कमलमा बस र टिप्पर दुर्घटना हुँदा २१ घाइते

रातोपोस्ट संवाददाता
४४ पटक

झापा, ४ असार । झापाको कमल गाउँपालिका वडा- ४ चुलाचुली मोडस्थित पुर्व पश्चिम राजमार्गमा बस र टिप्पर ठक्कर खाँदा २१ जना यात्रु घाइते भएका छन् ।

आज बिहान झिलझिलेबाट दमकतर्फ आउदै गरेको बा ३ ख २१६६ न.को टिपर र बिपरित दिशा तर्फबाट जादै गरेको को १ ख ५०८७ नम्बरको यात्रु बस एक आपसमा ठक्कर खाएका थिए ।

दुर्घटनामा बसमा सवार २१ जना यात्रुहरुहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूलाई उपचारका लागि दमकका विभिन्न अस्पतालमा लगिएको छ । घाइतेको बिवरण सङकलन भइरहेको प्रहरीले जनाएको छ।

बस चालक उदयपुर त्रियुगा नगरपालिका वडा- ३ बस्ने अशोक बोट र टिपर चालक जिल्ला धनुषा गणेशमान नगरपालिका-५ बस्ने शेरबहादुर राई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्