रातोपोस्ट संवाददाता
झापा, ११ असार । झापाको गौरीगंज पानीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।गौरीगंज गाउँपालिका ८ का ४२ वर्षीय लीला भन्ने विकास गिरीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
योसँगै आजै झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । आज बिहान पौने ९ बजेको समयमा गौरीगंज ३ स्थित ठेकिटोला सिताराम दाहालको खेतबारीमा धानको बिउ उखार्ने क्रममा उनीमाथि चट्याङ परेको थियो । त्यस्तै आजै बिहान कमल गाउँपालिका- २ स्थित सामइगढ निवासी ४६ वर्षीय राजन खड्काको पनि चट्याङ लागेर मृत्यु भएको छ।