News Portal

रास्वपाले महामन्त्रीबाट मुकुल ढकाललाई निलम्बन गर्‍यो

रातोपोस्ट संवाददाता
३१ पटक

काठमाडौं, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरेको हो ।

बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गरेको हो ।

महामन्त्री ढकाल हिजोको बैठकमा मुखमा कालो पट्टी बाँधेर उपस्थित भएका थिए भने बैठक छाडेर हिँडेका थिए । त्यसक्रममा उनले आफूमाथि बैठकमा ह्यारेस भएको बताएका थिए ।

प्रतिकृया दिनुहोस्