रातोपोस्ट संवाददाता
पोखरा, १४ साउन । पोखराको मट्टीखान नजिकै भएको स्कुल बस दुर्घटनामा घाइते भएकी बसकी सहचालकको मृत्यु भएको छ । उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३३ वर्षकी आरती विक छिन् ।
दुर्घटनामा २९ विद्यार्थी सहित ३० जना घाइते छन् । उनीहरुको गण्डकी मेडिकल कलेज, मणिपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । जीएमसीमा १५ जना, प्रतिष्ठानमा १२ र मणिपालमा ३ जना उपचार गराइरहेका छन् ।
सोमबार बिहान विद्यार्थी लिएर आउने क्रममा एलपी देवकोटा मेमोरियल स्कुलको ग १ क ६२१८ नम्बरको बस सडकबाट पल्टिएको हो । घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर छ भने धेरैको अवस्था सामान्य रहेको बताइएको छ ।