News Portal

काँकरभिट्टा प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

रातोपोस्ट संवाददाता
१२४ पटक

झापा, १६ साउन । तीन दिनअघि लागूऔषध मुद्वामा पक्राउ परेका एक थुनुवाको इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मृत्यु भएको छ ।

प्रहरी हिरासतमा दर्जीसंगै मृतक खड्का बिरामी भएर धुलावारीको आम्दा अस्पतालमा भर्ना गरिएका मेचीनगर- ७ का २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

साउन १३ गते बिहान ९ः४५ बजे मेचीनगर नगरपालिका वडा नं.६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका खड्कालाई शंका लागेर चेकजाँच गर्दा प्लाष्टिकले पोका पारेर बाँया हातको हत्केलामा मुठ्ठी पारी लुकाई राखेको ५ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागूऔषध मेचीनगर नगरपालिका वडा नं. ७ बस्ने ३० वर्षीय खडगबहादुर दर्जीले भारतबाट खरिद गरि काँकरभिट्टासम्म पुर्याई दिनु भनि दिई पठाएको खुलेको थियो । मे.२ प. ८५४१ नम्बरको मोटरसाइकलसहित दुवैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा राखिएको थियो । मृतक खड्काको परिवारले शव बुझ्न नमानेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्