रातोपोस्ट संवाददाता
झापा, २४ साउन । झापाको मेचीनगरमा विषालु सर्पले डस्दा एक युवकको मृत्यु भएको छ । सर्पले डस्दा मेचीनगर नगरपालिका-८ शान्ति टोलस्थित निन्दा बाँधछेउ घर भएका १८ वर्षीय आशिष राजवंशीको मृत्यु भएको हो ।
बुधबार राति घरमा सुतेकै ठाउँमा उनलाई सर्पले डसेको र उपचारका लागि समयमै अस्पताल पुर्याउन नसक्दा उनको मृत्यु भएको मेचीनगर-८ का वडा अध्यक्ष गिरिराज धमलाले बताएका छन् ।