News Portal

साहित्यकार सुभद्रा भट्टराईको प्रेमका पाँच औंला कविता संग्रह बजारमा

रातोपोस्ट संवाददाता
१०० पटक

झापा, २५ साउन । साहित्यकार तथा लेखक सुभद्रा भट्टराईको तेस्रो कृति ‘प्रेमका पाँच औंला’ बजारमा ल्याएकी छिन् । बिहिवार साहित्यकार तेराख प्रतिष्ठानले काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजना गरेको भट्टराईको तेस्रो कविता कृति ‘प्रेमका पाँच औंला’ बजारमा आएकाे हाे ।

कार्यक्रममा बिहीबार निबन्धकार युवराज नयाँघरे र डा. शुकराज दियालीले संयुक्तरुपमा लोकार्पण गरेका थिए । विभिन्न पत्रपत्रिका र अनलाइनहरूमा फुटकर कथा कवितालगायतका रचना लेख्ने नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्यसमेत रहेकी स्रष्टा भट्टराईले यसअघि ‘स्मृतिका डोबहरु २०७४’ र ‘भुइँफूल २०७८’ बजारमा आइसकेको छ । यी दुवै कृति भट्टराईका कविता संग्रह हुन् । साहित्यकार भट्टराई पेसाले शिक्षक हुन् ।
कवि भट्टराईले आफ्नो जीवनसाथी दुर्गाराम अर्यालको जन्मदिनको अवसरमा स्वरुप तेस्रो कृतिका रुपमा ‘प्रेमका पाँच औंला’ बजारमा ल्याएकी हुन ।

१ सय ४४ पृष्ट रहेको कवितासंग्रह ‘प्रेमका पाँच औंला’ को प्राध्यापक डा. गंगाराम अधिकारीले समीक्षा गरेका थिए । कृतिको समिक्षा गर्दै नेपाली कविताको नयाँ वान्की यो कवितामा रहेको र ‘सुदूर पूर्वको स्वाद यो संग्रहको मूल आधार रहेको समिक्षक डा. अधिकारीले त्यस क्रममा बताए ।

निबन्धकार नयाँघरेले स्थानीयता झल्किने काव्यिक स्वाद यी कविताले बोलेको बताए । ‘प्रेमका पाँच औंला’ मा मान्छे, हृदय र प्रकृति तीन भागमा छुट्टा छुट्टै ५३ वटा उनका रचना पढ्न पाइन्छ भने कविको व्यक्तिवृत पनि कृतिमा समावेश गरिएको छ । विभिन्न सञ्चारमाध्यममा आफ्ना लेख रचना प्रकाशित गर्दै आउनु भएका कवि भट्टराईका यो कृतिमा समावेस गरिएका कविताहरु अहिलेसम्म कतै नछापिएका नवीनतम् भएकाे बताइन् ।

कार्यक्रममा पुण्य बराल, गणेश निरौला, विवश बलिभद्र कोइराला, जय आचार्य, लतिका जोशी, टंक विकल्प, तुलसीप्रसाद भट्टराई, विरही अधिकारी, जेबी खत्री, शारदा कार्की, अमृता पाठक चौंलागाईं र चित्रा पौडेलले रचना वाचन गरेका थिए । विमाेचन कार्यक्रममा पुष्प काफ्ले, सुशान्त नन्दी, राहुल राई, ललिता जोशी, सेजल दाहाल तथा आकृति दाहालले आ-आफ्ना रचना गरेका थिए । प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव जय भण्डारी र शब्दमार्फत प्रतिष्ठानका सदस्य मुना रानाले स्वागत गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्