News Portal

काँकरभिट्टामा डिभाइन मेकअप स्टुडियाे सञ्चालनमा

रातोपोस्ट संवाददाता
६९२ पटक

झापा, ८ भदौ । बिश्व बजारमा शौन्दर्यलाई महत्त्वपूर्ण स्थान दिइदैआएको छ । नेपालमा पनि शौन्दर्यलाई जीवनशैलीसँग जोडेर जीविकोपार्जनको श्रोत बनाएको पाइन्छ । सीप, दक्षता, क्षमता र योग्यताबाटै शौन्दर्य अझ निखारता दिन सकिने भएकाले पछिल्लो समयमा यो क्षेत्रमा महिला तथा युवतीको क्रेज उत्तिकै बढेको छ ।

शौन्दर्यलाई निखारता दिने उद्देश्यले झापाको मेचीनगरमा पहिलो पटक `डिभाइन मेकअप स्टुडियो´ सुरु भएको छ । पुर्बीनाका मेचीनगर-६ कि साक्षी बस्नेतले शौन्दर्य ट्रेनिङ सेन्टरको रुपमा काँकरभिट्टाको देवकोटा पार्कको उत्तरमा स्टुडियो शनिबार औपचारिक रुपमा सुरु भएको छ ।

महिलाका लागि बस्त्रालय, नेल आर्ट, हेयर आर्ट, पेन्ट्स, आइब्रो लगायतमा शृङ्गारमा शैद्वान्तिक र प्रयोगात्मक तरिकाबाट शौन्दर्य सिकाइने डिभाइन मेकअप स्टुडियोका सञ्चालिका बस्नेतको भनाई छ । साथै अनलाईन क्लोजिङ कपडा, माला तथा अन्य शृङ्गारका सामग्रीको अडरअनुसार होम डेलिभरीको सुबिधा दिइने योजना बोकेको छ । स्टुडियो आरम्भको अवसरमा तालिम लिन इच्छुक महिला तथा युवतीहरुलाई विशेष छुट प्याकेज अफर प्रदान गरेको उनले सुनाइन् । तालिम सिकिसकेपछि ब्युटीपार्लर सिक्न र सिकाउन सक्ने आधारका लागि प्रमाणपत्र समेत बितरण स्टुडियोले गर्ने जनाएको छ । पाँच लाख रुपैयाँले ब्यवस्थापन गरेर `डिभाइन मेकअप स्टुडियो´आरम्भ गरेको छु, सञ्चालिका बस्नेतले भनिन्,`२ वर्षको अथक प्रयासपछि आज तालिम सेन्टर आरम्भ गर्न सफल भएँ, यो सफलताको श्रेय मेरा बुवाआमा नै हुनुहुन्छ ।´

तालिमपछि बिदेश गइनन् साक्षी:

महिला तथा युवतीहरु शौन्दर्यको तालिम लिएपछि स्वरोजगार बन्नुभन्दा बिदेशिने क्रम बढेको समयमा साक्षी बस्नेतले स्वरोजगार रोजेकी छन् । आफुले सिकेको योग्यता, सीप, क्षमतालाई किन पलायन गर्ने भन्ने सोच जागेर आयो । आरम्भअवसरमा आगन्तुक पाहुँनासँग अलि ब्यस्त रहेकी उनले स्टुडियोबाट २/४ जनालाई राम्रो रोजगारी दिएर राम्रो आम्दानी गर्ने बताइन् । स्वरोजगार बनाउनुमा अभिभावकको मुख्य भुमिका रहेको उनको भनाई छ । स्नातक अध्ययन सकेर बिदेशिने योजना मेरो थियो, उनले भनिन्,` बुवाआमाकाे अनुरोधमा २ वर्ष शौन्दर्यको तालिम लिएपछि मलाई पनि नेपालमै स्वरोजगार बन्ने आँट जागेर आयो, त्यसपछि तयारी सुरु गरें।

चार सदस्य भएको परिवारकी जेठो सन्तानको रुपमा रहेकी साक्षीको बहिनी छन् । सानैदेखि शौन्दर्यको क्षेत्रमा झुकाव राख्दै आएकी उनि ठूलो हुँदा पनि शौन्दर्य वा भित्रको हलुका-सीपमुलक काम गर्न असाध्यै रुचि राख्दै आएको समेत सुनाइन् ।

प्रतिकृया दिनुहोस्