News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज

विप्लवका विद्यार्थी नेता ढकाल माइतीघरबाट पक्राउ

काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका अध्यक्ष एवम् नेकपाका नेता चिरञ्जिवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ढकाललाई काठमाडौँको माइतीघरबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनी एमसीसीको विरोधमा माइतीघरमा आयोजित कार्यक्रममा सहभागी थिए।...बाँकी

रौतहटमा क्वारेन्टिन स्थलमै कुटिए स्वास्थ्यकर्मी

रौतहट, २१ जेठ । रौतहटको राजपुर नगरपालिका–९ स्थित क्वारेन्टिनमै एक स्वास्थ्यकर्मी कुटिएका छन् । पिसिआरमा कोरोना नेगेटिभ र आरडिटीमा पोजिटिभ आएको भन्दै क्वारेन्टिमा रहेका व्यक्तिले आक्रमण गर्दा स्वास्थ्यकर्मी अहेव खुर्सीद आलम घाइते भएका हुन् ।...बाँकी

कमल गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित फेला

झापा। झापाको कमल गाउँपालिकामा पहिलो संक्रमित फेला परेको छ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा २ सय १ जना नयाँ संक्रमित पुष्टि भएको छ । त्यसमध्ये झापाको कमल गाउँपालिकाका १८ वर्षीय पुरुषमा संक्रमण...बाँकी

कोरोना संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल...बाँकी

बुधबार एकैदिन २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ ।...बाँकी

टिपर र ट्याक्टर ठोक्‍किँदा एकको मृत्यु, एक घाइते

सर्लाही, २१ जेठ । ईश्वरपुर नगरपालिकाको वडा नं.५ फुलजोरमा मंगलबार राती करिब ९ बजे टिपर र ट्याक्टर एक आपसमा ठोक्‍किँदा सह चालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । फुलजोरबाट बयलबासतर्फ जादै गरेको...बाँकी

डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु

डडेल्धुरा: डडेल्धुरामा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका – २ मा चार दिन अगाडि भारतबाट आएकी ३० वर्षीया महिलाको मृत्यु भएको हो। गएराति शौचालय गएकी महिला बेहोस भए लगत्तै मृत्यु भएको वडा...बाँकी

विदेशबाट फर्केका नेपाली नागरिकलाई उपत्यकामा यहाँ राखिनेछ

काठमाडौँ, २१ जेठ । भारत लगायत विदेशबाट फर्कने नेपाली नागरिकलाई केही दिन राख्न उपत्यका भित्रका तीन जिल्लामा ‘होल्डिङ सेन्टर’ निर्माण गरिएको छ । विदेशबाट फर्केका बाग्मती, गण्डकी र प्रदेश–५ का नागरिकलाई काठमाडौँ, कर्णाली र सुदूरपश्चिम...बाँकी

अस्त-व्यस्त क्वारेन्टाइन : संघ र प्रदेशबाट आदेश आयो, बजेट आएन

धनगढी, २१ जेठ । सुदूरपश्चिमका पहाडी जिल्लामा विद्यालय भरिभराउ भएर खुला आकाशमुनि क्वारेन्टाइन बनाएका खबर आइरहेका बेला उपमहानगरपालिका क्षेत्रकै क्वारेन्टाइन अस्तव्यस्त पाइएका छन् । तराईको ४२ डिग्रीको तापक्रममा पनि अधिकांश क्वारेन्टाइनमा पंखा उपलब्ध छैन ।...बाँकी

जघन्य घटनाका अपराधीलाई कडा कारवाही गर्न सरकार दृढ छः प्रधानमन्त्री ओली

काठमाडौं , २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिन सरकार दृढतापूर्वक लागेको बताएका छन् । छुवाछूत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जघन्य घटनाका...बाँकी