News Portal

तीजमा नुहाउन गएका ३ महिला बेपत्ता

रातोपोस्ट संवाददाता
१३४२ पटक

कपिलवस्तु । कपिलवस्तुको सन्तघाट नदीमा नुहाउने क्रममा डुबेर ३ जना बेपत्ता भएका छन् ।

शुद्धोधन गाउँपालिकास्थित सन्तघाट नदीमा २५ वर्षीया तारामती कहाँर, १५ वर्षीया तारा कहाँर र ८ वर्षीया बालिका खुस्बु रैदास बेपत्ता भएका हुन् । नुहाउने क्रममा सोमबार डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले बेपत्ताहरूको खोजीकार्य जारी राखेकाे प्रहरीले बताएकाे छ । नदी गहिरो, धमिलो र हिलाम्य भएकाले मध्यान्ह १२ बजेदेखि खोजी गर्दा पनि भेट्टाउन नसकिएको हाे । ५ जना भएर नुहाउन गएका मध्ये तीनजना वेपत्ता भएका स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस्