News Portal

आज तेस्रो अन्तर्राष्ट्रिय महोत्सव, मुख्य मन्त्री शेरधन राईबाट उद्घाटन हुदै

रातोपोस्ट संवाददाता
५५३ पटक

धुलावारी । मेचीनगरमा तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सव आज उद्घाटन हुँदैछ ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको सङ्घका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन् । उद्घाटन

अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय, प्रदेश र जिल्लाका उच्च पदाधिकारीहरुको उपस्थिति रहने छ ।

हङकङ बजारको रुपमा बहुचर्चित धुलावारी बजारको बिजनेस पार्कमा सञ्चालन हुने महोत्सवमा नेपाल, भारत र बङ्गलादेशका २०० वटा स्टल रहने आयोजक संस्था

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले जानकारी दिएका छन् ।

निर्यातमूलक स्वदेशी कृषि वस्तुको व्यापारिक प्रवर्धनका लागि स्टलमा प्राथमिकता दिइएको महोत्सवमा सबै प्रकारका व्यापारिक र औद्योगिक उत्पादनहरुको

प्रदर्शनी हुने र पर्यटन प्रवर्धनका लागि समेत गतिविधि सञ्चालन गरिने अध्यक्ष तिम्सिना बताउँछन् ।

महोत्सवले निर्यातजन्य स्वदेशी कृषि वस्तुहरुको व्यापार र नेपाल भ्रमण वर्ष २०२० को प्रबर्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा राखिएको जनाउँदै मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले नगरको समृद्धिका लागि महोत्सव कोशेढुङ्गा बन्ने बताएकी छन् ।

प्रतिकृया दिनुहोस्