News Portal

माघे संक्रान्तिमा प्रदेश ५ मा २ दिन सार्वजनिक बिदा

रातोपोस्ट संवाददाता
१४९१ पटक

बुटवल।  प्रदेश पाँच सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

माघे संक्रान्ती (माघी)को अवसरमा प्रदेश सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

यस्तै पुस २९ गते मुख्यमन्त्री शंकर पोखरेलको निवासमा माघी पर्व मनाउने, दुई दिन प्रदेशका १२ जिल्लामा सार्वजनिक बिदा दिने प्रदेश सरकारले निर्णय गरेकाे हाे ।

प्रदेश सरकारकाे बैठकले सुचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एव‌ं दरबन्दी पनि स्वीकृत गरेको छ ।

प्रतिकृया दिनुहोस्