News Portal

फेन्ड्स र हिमालयन शेर्पाबीच गोलरहित बराबरी

रातोपोस्ट संवाददाता
७०३ पटक

काठमाडौं । हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा शेर्पा र फ्रेन्ड्स गोलरहित बराबरीमा रोकिए । दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा एक–एक अंकमा चित्त बुझाएका छन् । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा फ्रेन्ड्सले लगातार गोलको अवसर गुमाएको थियो ।

दोस्रो हाफमा आक्रामक बनेको शेर्पाले पनि दुईवटा उत्कृष्ट अवसर खेर फाल्यो । ७२ औं मिनेटमा शेर्पाका सुरज हमाल वान भर्सेस वानमा गोल गर्न चुके । हमालले डिबक्स भित्रको प्रहार फ्रेन्ड्सका गोलरक्षक देव लिम्बुले पन्च गर्दै बचाए ।

इन्जुरी समयमा शेर्पाका विशन गुरुङ खाली पोस्टमा चुकेपछि शेर्पा अंक बाँड्न बाध्य भयो । शेर्पाका उल्रिच सिवे म्यान अफ दि म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । लिगमा तेस्रो बराबरी खेलेको शेर्पाको पाँच खेलबाट ३ अंक छ । समान खेलमा तीन हार र दुई बराबरी खेलेको फ्रेन्ड्सको दुई अंक छ ।

प्रतिकृया दिनुहोस्