News Portal

सूर्यकुमार बने भारतको नयाँ टी-२० कप्तान

रातोपोस्ट संवाददाता
१३३ पटक

काठमाडौं, ४ साउन । सूर्यकुमार यादव भारतीय टी२० क्रिकेट टोलीको नयाँ कप्तान बनेका छन् । श्रीलंकाविरूद्ध हुने टी–२० सिरिजका लागि भारतले सूर्यकुमार यादवको कप्तानीमा टोली घोषणा गरेको हो ।

टी– २० विश्वकपको उपाधि जितेसँगै कप्तान रोहित शर्माले टी–२० बाट सन्न्यास लिएपछि टोलीको टी–२० टिमको कप्तान खाली भएको थियो ।

भारतले जुलाई २७ देखि अगस्ट ७ सम्म श्रीलंकासँग तीन एकदिवसीय र तीन टी–२० आई खेल खेल्दैछ । एकदिवसीयमा भने भारतको कप्तानी रोहित शर्माले गर्ने छन् । श्रीलंकामा हुने सिरिज नयाँ प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा भारतको पहिलो सिरिज हुनेछ ।

प्रतिकृया दिनुहोस्