News Portal

युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड भिड्दै

रातोपोस्ट संवाददाता
८१ पटक

काठमाडौं, २७ असार । युरोकपको फाइनलमा स्पेन र इङ्ल्याण्ड खेल्ने भएका छन् । फाइनल खेल आइतबार राति नेपाली समय अनुसार १२: ४५ बजेदेखि शुरु हुने छ ।सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इङ्ल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।

तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ भने इङ्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ । २०२० मा सम्पन्न युरोकपमा इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो । स्पेन र इङ्ल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इङ्ल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।

प्रतिकृया दिनुहोस्