News Portal

  • टि-टेन क्रिकेट लिग:लालिगुरास एकेडेमिलाई ५४ रनले हराउँदै धुलाबारी सेमिफाइनल प्रवेश

    रातोपोस्ट संवाददाता
    १३५० पटक

    झापा।झापाको काकडभिट्टामा जारी टि-टेन क्रिकेट लिग २०२०काे तेस्रो दिनकाे दाेस्राे खेलमा लालिगुरास क्रिकेट एकेडेमीलाई ५४ रनले पराजित गर्दै धुलाबारी क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेको छ।

    खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको धुलाबारी क्रिकेट क्लबले ७ विकेटकाे क्षतिमा पूरा १० ओभर खेल्दै १११ रनको बिजय  लक्ष प्रस्तुत गरेको थियो ।

    जवाफि लक्ष पछ्याउँदै मैदान उत्रिएको लालिगुरासले ५ विकेटको क्षतिमा मात्रै ५७ रन बनाउन सक्यो । लालिगुरास क्रिकेट एकेडेमिका लागि आकाश खत्रीले सर्वाधिक २१ रन जाेडे भने विजय घिमिरेले ११ रन जाेडेका थिए।अन्य खेलाडीले दाेहाेराे रन बनाउन नसक्दा लालिगुरास पराजित हुन पुगेको थियोे ।

    यता धुलाबारीका लागि म्यान अफ द म्याच बनेका अभ्यास तिमल्सिनाले ८ बलमा २३ रन प्रहार गरेका थिए भने बलिङतर्फ २ विकेट लिएका थिए।त्यस्तै  नित्य कडरियाले १२ बलमा २७ रन प्रहार गरेका थिए।अहिले मैदानमा बाहुनडाँगि क्रिकेट क्लब झापा र हाेराइजन क्रिकेट एकेडेमी बिच प्रतिस्पर्धा भैरहेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)