इलाम । पहाडी जिल्लाको प्रतिष्ठित माईभ्याली गोल्डकपको छैटौं संकरण यसवर्ष फागुन १५ गतेदेखि सुरु हुने भएको छ ।

आयोजक माईभ्याली फुटबल क्लबले शनिबार इलाममा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो ।  क्लबका अध्यक्ष धिरेन चेम्जोङले तयारी सुरु भएको जानकारी दिए ।

दर्शकको चाप रहने माईभ्याल्ली गोल्डकपमा नेपालको ए डिभिजन क्लबमात्र नभएइ बाहिरी देशका नाम चलेका क्लबहरु पनि इलाम आउन आतुर रहेको अध्यक्ष चेम्जोङले बताए ।

ए डिभिजन क्लबबाट कम्तिमा ४ वटा, झापा र भारतका चर्चित क्लब, भुटानको लिग बिजेता क्लब र जापानको युनिभर्सिटीको सहभागी हुने र उनको भनाइ छ ।

पुरस्कारको राशि यसवर्ष बढाइएको छ । माईभ्याली गोल्ड कपलाई थप ब्यवस्थित बनाउने क्रममा पुरस्कार राशिमा १ लाख रुपँया बृद्धि गरिएको आयोजकको भनाइ छ ।

यो वर्ष माईभ्याली गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।