News Portal

प्रधानमन्त्री ओलीकाे सम्बाेधन शनिबार गर्ने

रातोपोस्ट संवाददाता
५९७ पटक

काठमाण्डाै।  प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गर्ने भनिएको सम्बोधन सरेको छ ।

नेपाली काङ्ग्रेसका राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान निधन भएपछि २ बजे बस्ने बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो । शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकारका दुई वर्षे कार्यकालबारे सम्बोधन गर्नुहुनेछ ।

प्रतिकृया दिनुहोस्