रातोपोस्ट संवाददाता

काठमाण्डाै। प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गर्ने भनिएको सम्बोधन सरेको छ ।
नेपाली काङ्ग्रेसका राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान निधन भएपछि २ बजे बस्ने बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो । शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकारका दुई वर्षे कार्यकालबारे सम्बोधन गर्नुहुनेछ ।