News Portal

  • सताक्षी गोल्डकपः गोर्खा वइज माथि सहज जीत निकाल्दै मच्छिन्द्र सेमीफाइनलमा

    रातोपोस्ट संवाददाता
    ११८५ पटक

    शिवसताक्षी। झापाको शिवसताक्षीमा जारी तेस्रो सताक्षी गोल्डकपमा आज भएकाे खेलमा  मच्छिन्द्र फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।

    बुधबार भएको खेलमा गोर्खा वइज रुपन्देहीलाई २–१ गोल अन्तरले पछि पार्दै ए डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको हो । मच्छिन्द्रले सेमीफाइलन खेलमा अब  त्रिभुवन आर्मीसँग सामाना गर्नेछ ।

    खेलको १६ औं मिनेटमा गोर्खा व्वइजका काजिमले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । गोर्खाका खेलाडी ओलाकाजीको पासलाई भरपुर सदुपयोग गर्दै काजिमानले गोल गर्न सफल भएका हुन् ।

    त्यस्तै खेलको २५ औं मिनेटमा रञ्जित धिमालले गरेका कर्नर प्रहारलाई विदेशी खेलाडी आन्द्रेस निअले गोल गरेपछि खेल बराबरीमा फर्किएको थियो ।

    खेलको ३३ औं मिनेटमा मछिन्द्रले अर्को गोल थप्दै दोब्बरले अग्रता कायम गरे । सरोज योञ्जनको हातमा बलले छोएपछि पाएको पेनेल्टीलाई मछिन्द्रका विमल घर्ती मगरले गोल गर्न सफल भएका थिए ।

    खेलको म्यान अफ दी म्याच मछिन्द्रका विमल घर्ती मगर घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । खेलमा दुवै तर्फबाट गरिएको उत्कृष्ट प्रहार बाहिरिएको थियो ।

    सताक्षी गोल्डकपको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछन् । भोली विहीबारको पहिलो सेमीफाइलन खेल आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लब र रुस्लान थ्रिस्टार क्लब बीच हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)