
काठमाडौं । यतिबेला स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’को राम्रै चर्चा छ बजारमा ।
अघिल्लो सातामा सम्म ‘कमेडी च्याम्पियन’को मञ्चमा चार प्रतिस्पर्धिले आफ्नो प्रतिभा प्रस्तुत गरिरहेका थिए ।
आज राति प्रसारण हुने श्रृंखलाबाट एक प्रतिस्पधिले ‘कमेडी च्याम्पियन’को मञ्च छाडेर घर फर्किनु पर्ने थियो । तर, श्रृंखला प्रसारण हुनु अगावै यो सो बाट विष्णुप्रसाद गौडेल बाहिरिएको खबर सार्वजनिक भएको छ ।
‘कमेडी च्याम्पियन’को मञ्चबाट बाहिरिएसँगै शो को शिर्ष उपाधि जित्ने यस पटकको विष्णुको सपनाको यात्रा पनि टुङ्गीएको छ ।
विष्णु बाहिरिएको खबर सहि भएको ‘कमेडी च्याम्पियन’का निर्णायक मध्येका एकले जानकारी दिएका छन् । अब ‘कमेडी च्याम्पियन’को शिर्ष उपाधिका लागि सुमन कोइराला र खड्गबहादुर पुन र हिमेश पन्तले प्रतिस्पिर्धा गर्ने छन् ।
शो को २६ औँ श्रृंखलामा पफर्मर अफ द राउन्ड हुँदै हिमेश पन्त ग्रान्ड फिनालेमा यस अघिनै पुगिसकेका छन् ।
सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुन: प्रवेश गरेका प्रतिस्पर्धी हुन् । ‘कमेडी च्याम्पियन’ विशाल भण्डारीले निर्देशन गरिरेहका छन् ।
विभिन्न रियालिटो शो को सञ्चालन गर्दै आएकी रिमा विश्वकर्माले सञ्चालन गरिरहेको ‘कमेडी च्याम्पियन’मा मनोज गजुरेल, सन्तोष पन्त, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक छन् ।साप्ताहिक