News Portal

जनताकाे घर घरमा स्वास्थ्य परिक्षणमा सहयाेग गर्दै गाउँपालिका अध्यक्ष

रोसन भट्टराई
९१५ पटक

झापा। विश्वभर नोवल कोरोना भाइरसको संक्रमण र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएकोले यतिबेला सबैतिर सन्त्रासमा छाएको छ ।

सन् २०१९ को डिसेम्वरदेखि चीनको वुहान शहरबाट शुरु भएको योे भाइरसले यतिखेर विश्वका संयौ देशका करिब ३३ हजार भन्दा बढि मानिसको मृत्यु भएकाे छ ।

यसै सन्दर्भमा नेपालमा पनि ५ जना कोराना संक्रमित फेला परिसकेका छन् भने १ जनाको सफल उपचार समेत भइसकेको छ । आफ्नो क्षेत्रमा कोरोना संक्रमण फैलन नदिन देशका तीनै तहका सरकार जुटेका छन् । यस्तै देशमा संकट परेको अवस्थामा नै वास्तवमा नेताहरुको अश्ली पहिचान देख्न सकिन्छ ।

झापाको सन्दर्भमा कुरा गर्दा १५ वटै स्थानीय निकायमा कोरोना संक्रमणबाट बच्न विभिन्न तयारी त गरिएकाे छ तर बुद्धशान्तिको विषयमा कुरा गर्दा यहाँका अध्यक्ष रमेश कुमार भुजेललाई अलिक बढिनै सक्रिय भएको देख्न सकिन्छ ।

उनी दिनमा एक पटक बुद्धशान्तिका सातै बटा वडा पुगेर त्यहाँका खबर संकलन गरेका छन् । केही समय अघि गाउँपालिकाकै नेतृत्वमा गरेको स्थलगत अनुगमनका क्रममा भेटिएका कोरोना आशंकित व्यक्तिहरुको स्वास्थ्य बारे पनि उनि निरन्तर खबर लिइरहेका छन् ।

त्यतिमात्रै नभएर बुद्धशान्ति गाउँपालिकाले विदेशबाट आउने मानिसलाई उनीहरुको घर घरमा गएर स्वास्थ्य परिक्षण समेत गरिसकिएको र पछिल्लो समय विदेशबाट आउने जो कोहीलाई वडा स्वास्थ्य इकाईमा गएर स्वास्थ्य परिक्षण गराउन समेत अध्यक्ष भुजेलले अनुरोध गरेका छन् र वडाका स्वास्थ्य इकाइबाट दैनिक गाउँपालिकामा रिर्पोट आउने उनले बताए ।

हाल सम्म ९१ जना मानिस सम्पर्कमा आइसकेको उनको भनाइ छ ।

त्यस्तै बुद्धशान्तिमा कोरोना संक्रमण भएको आशंका लागेमा क्वारेन्टाइनका लागि १० वटा वेड समेत बनाइसकिएको छ । उक्त क्वारेन्टाइन रेडक्रम भवन बुद्धशान्तिमा बनाइएको छ ।

त्यस्तै पछिल्लो समय विभिन्न अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीका लागि पिपिआइ सेवा उपलब्ध नभएरहेको सन्दर्भमा बुद्धशान्तिमा भने सबै वडामा रहेका ७ वटा स्वास्थ्य इकाई तथा ५ नम्बरमा रहेको स्वास्थ्य चौकी गरी ८ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वाथ्यकर्मीका लागि उक्त सेवा उपलब्ध भएको तथा प्रत्येक वडाका लागि गाउँपालिकाले आफैँले उत्पादन गरेको ५०० थान माक्स र ज्वरो नाप्ने मेसिन इन फर हेड थार्मोमिटर समेत वितरण गरिएको अध्यक्ष भुजेलले बताएका छन् ।

त्यस्तै बुद्धशान्ति गाउँपालिका अध्यक्ष भुजेलकै पहलमा काठमाण्डौबाट सोमबार १४० थान पिपिआइ पनि आएको र जसलाई मेची अञ्चल अस्पताल भद्रपुरलाई ४० थान र अन्य गाउँपालिका नगरपालिकाहरुलाई उक्त पिपिआइ वितरण गरिने उनले बताए ।

त्यस्तै विभिन्न बुद्धशान्तिबासीहरुले सडकमा ढाट लगाइएकाले अतिआवश्यक आवतजावतमा समस्या भएको गुनासोलाई मध्यनजर गर्दै अनावश्यक ढाट हटाउने पहल गरिको समेत उनले बताएका छन् ।

बुद्धशान्तिमा भएका विभिन्न बैंकहरु खोलेर सेवा दिँदा कोरोना जोखिम बढ्दैन भन्ने सन्दर्भमा उनले भने हामीले तरकारी र खाद्यन्नको पसल खोल्न चाँही राजी हुने तर बैंक खोल्ने भन्दा हाम्रो सातो पुत्लो किन उड्नु प¥यो ?

तरकारीको पसल खोल्नु पर्छ भन्नु हुन्छ किनकी तपाईको त्यहाँ स्वार्थ छ । खान नपाएर भोकमरी लाग्छ कि भनेर तर अन्य किसानको घरमा चोक्कर नभएकोले भैँसीले दिने दुध लगायत अन्य उत्पादनमा व्यापक मन्दि आएको छ ।

कसैको कुखुरा फारममा भएका कुखुरा चारो खान नपाएर मर्ने स्थितीमा छन् । यो बेला पैसा नभइ कुनै दोकानमा उदारो पनि दिँदैन । बैंकमा पैसा त छ तर बैँक खुल्ला छैन यसै गाउँपालिकाले यस्तो निर्णय गरेको हो उनले भने ।

बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष लगायत अन्य जनप्रतिनिधिले गरेका विभिन्न निर्णयहरुप्रति बुद्धशान्तिबासी समेत अत्यन्तै खुशी भएका छन् ।

गाउँपालिकाकै मातहतमा विभिन्न गरिब तथा असाहयको विवरण समेत केही दिन अघि संकलन गरिएको र आवश्यक परे राहत वितरणको योजना समेत रहेको उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस्