News Portal

काेराेना अपडेट:सर्लाहिमा १४ वर्षिय बालककाे र्‍यापिड टेस्ट पाेजेटिभ

रातोपोस्ट
६५९ पटक

मलंगवा ।सर्लाहीको धनकौल गाउँपालिका-५ का १४ वर्षीय बालकको र्‍यापिड टेस्ट गर्दा कोरोना संक्रमणको लक्षण (पोजिटिभ) देखिएको छ। जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका ६५ जनाको र्‍यापिड टेस्ट गर्दा एकजनामा कोरोना पोजिटिभ देखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए। शुक्रबार साँझ उक्त बालकको र्‍यापिड टेस्ट गर्दा पोजिटिभ देखिएको प्रजिअ जिसीले बताए।

पोजिटिभ लक्षण देखिएका बालकलाई शुक्रबार साँझ नै थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रजिअले जिसीले बताए। बालकसँगै क्वारेन्टाइनमा रहेका अन्य एकजनालाई पनि स्वास्थ्य परीक्षणका लागि जनकपुर पठाइएको छ। क्वारेन्टाइनमा सँगै रहेकोमा पोजिटिभ नदेखिएपनि सँगै रहेकाले उनको पनि स्वास्थ्य परीक्षण होस् भनेर जनकपुर पठाइएको प्रजिअ जिसीले स्पष्ट पारे। साँझको समयमा स्वाब निकाल्न सहज नभएकाले जनकपुर पठाइएको प्रजिअ जिसीको भनाई छ।

दुबैजनाको पिसीआर टेस्ट जनकपुरमा हुने छ। पोजिटिभ लक्षण देखिएका बालक चैत्र २३ गते भारतको राजधानी दिल्लीबाट आएको प्रजिअ जिसीले बताए। उनी भारतको बैरगिनियामा आएर रौतहटको बाटो हुदैँ सर्लाही आएका थिए। दिल्लीबाट आएको उनलाई सोही दिन बाटैबाट सुरक्षाकर्मीले क्वारेन्टाइनमा राखेका थिए। स्राेत:अन्नपूर्ण पाेष्ट

प्रतिकृया दिनुहोस्